खोटाङ/ दाउरा काट्नेक्रममा रुखको मुढोले उछिट्याउँदा खोटाङमा एकको मृत्यु भएको छ । दाउराका लागि ढालेको रुखको मुढोले उछिट्याउँदा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ६१ वर्षीय रामकुमार राईको मृत्यु भएको हो ।ढालेको रुख टुक्राउने क्रममा फेदतिरको मुढोले उछिट्याउँदा करिब सात मिटर तल खसेका राईको घटनास्थलमै मृत्यु भएको पौवासेराका वडाध्यक्ष फौदराज राईले बताए । शवको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइएको छ ।