काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । न्यायको माग गर्दै निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोज्ने बिनु यादवसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
बिनुसहितको साथबाट दुई लिटर पेट्रोल र टायर पनि बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम कोइरालाले जानकारी दिए । बिनुले श्रीमानबाट आफू पीडित भएको भन्दै निरन्तर न्यायको माग गरी आन्दोलन गर्दै आएकी छन् । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।