झापा।
प्रहरीले झापा अर्जुनधारा ३ का २ जना युवालाई प्रतिबन्धित ब्राउन सुगरसहित बिहीबार पक्राउ गरेको छ । उनीहरुलाई मेचीनगर ६ स्थित पुरानो मेची पुलबाट पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका अर्जुनधारा ३ का २४ वर्षीय ऐतराज इवा र २७ वर्षीय प्रकाश खातीलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार दिउँसो अढाइ बजेतिर पुरानो मेची पुलबाट आउँदै गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो करभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
पुरानो मेची पुलमा चेकजाँचका क्रममा उनीहरुको साथबाट ५ ग्राम ब्राउन सुगर फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्त एवम् डिएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार ऐतराजले बोकेको अण्डाको क्यारेटभित्र ब्राउनसुगर लुकाइएको अवस्थामा फेला परेको थियो ।
उनका अनुसार ऐतराज इवाले दाहिने हातमा बोकेको अण्डाको क्यारेट खोली हेर्दा क्यारेटमा रहेको १२ पिस अण्डामध्ये बीचमा रहेको एउटा अण्डालाई सानो दुलो बनाई भित्री भाग फालेर हरियो रङको प्लाष्टिकको पोकामा लागूऔषध ब्राउनसुगर प्लाष्टिकबाहेक ५ ग्राम राखिएको फेला थियो ।
निजहरु दुबै जनालाई उक्त लागुऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई आवश्यक अनुसन्धान भइरहेको । प्रहरी प्रक्ता रिजालले जनाएका छन्।Newssanjal बाट