प्रजातन्त्र दिवसको अवसरमा मन्त्री द्वारा विरामिलाई फलफुल वितरण



७ फागुन, उर्लाबारि। देशै भर सरकारी र स्वेक्षिक रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि आज ७३ औं प्रजातन्त्र दिवस सम्पन्न भएकोछ ।
यसै क्रममा प्रदेश नम्बर १ कि स्वास्थ्य मन्त्रि निर्मला तावा लिम्बूले प्रजातन्त्र दिवसको अवसरमा अस्पतालका बिरामिहरुलाई फलफुल वितरण गर्नुभएकोछ ।
मोरङको उर्लाबारी नगरपालिका स्थित मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा विभिन्न समस्याले भर्ना भएका विरामीहरुलाई प्रत्यक्ष भेट गरि मन्त्री लिम्बूले फलफुल वितरण गर्नुभएकोहो ।


प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको उक्त फलफुल वितरण कार्यक्रममा प्रदेश स्वास्थ्य सचिव डा. अनुज भट्टचन, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रवि कुमार शाहा, अस्पताल विकास समितिका सदस्य विशाल आङदेम्वे, अस्पतालका कर्मचारिहरु त्यस्तै जनता समाजवादी पार्टीको उर्लाबारी नगर अध्यक्ष मात्रिका धिमाल लगायतको उपस्थिति रहेको थियो।