झापा बिर्तमोड । शरीरमा पेट्रोल खन्याएर विजय चौधरी नामका युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मादाहको प्रयास गरेका छन।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले अपरान्ह साढे ४ बजे चौधरीले मुक्ति चोकमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको बताए ।
बिर्तामोड ७ निवासी चौधरी बीएण्डसी हस्पिटलमा चालकको काम गर्थे । उनी दुर्गा प्रसाईको सहयोगीको रुपमा रहेका थिए । तर, केही महिनादेखि उनी बेरोजगार रहेको बताइएको छ । घटनापछि चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको रिजालले बताए । प्रहरी र स्थानीयले आगो निभाएर उनलाई अटोमा हालेर हस्पिटल लगेका थिए । उनको शरीरको पछाडिको भाग १५ देखि २० प्रतिशत जलेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । उनको बीएण्डसी हस्पिटलको एचडीयुमा उपचार भइरहेको छ । चिकित्सकलाई उद्धृत गर्दै डीएसपी कार्कीले आत्मदाह प्रयासको कारण खुलि नसकेको बताए ।