बिर्तामोडमा आत्मदह प्रयास गर्ने चौधरीको पाखुरामा दुर्गा प्रसाईको टाटु



झापा

बिर्तामोड । बिर्तामोड–७ निवासी चौधरीले बिर्तामोडको मुक्ती चोकमा आज ४ः३० बजे आत्मदहको प्रयास गरेका थिए । आत्मदहको प्रयास गर्ने विजय चौधरीले पारिवारिक समस्या देखाएका छन् । प्रहरीसँग कुराकानी गर्ने क्रममा चौधरीले परिवारमा समस्या देखाएका हुन् ।

चौधरी लाई पैदलयात्रीहरुले तत्कालै बचाएका थिए । नजिकका प्रहरीहरु नपुग्दै आगो निभेको थियो । उनले पातलो कुर्था लगाएका थिए ।’ डिएसपी कार्कीका अनुसार चौधरीको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । ३४ वर्षीय चौधरीको शरिरको ढाडमा १५ प्रतिशत जलेको छ ।

चौधरी बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईका ठुलो फ्यान हुन् । उनले आफ्नो पाखुरामा प्रसाईको टाटु नै बनाएका छन् । विएण्डसीका पूर्व सवारी चालक समेत रहेका चौधरीले अहिले धेरै कुरा गर्न नसक्ने प्रतिक्रिया दिएका छन्।