मुख्यमन्त्री द्वारा १ नम्बर प्रदेश प्रहरी कार्यालयको उदघाटन



११ फागुन, बिराटनगर । नेपाल प्रहरीले प्रदेश नं. १ मा आफ्नो छुट्टै सुबिधा सम्पन्न भवन निर्माण सम्पन्न गरेकोछ । प्रदेश राजधानी बिराटनगरमा निर्मित उक्त भवन नेपाल प्रहरीलाई अपराध अनुसन्धानमा दक्ष बनाउन सुविधा सम्पन्न र प्रविधियुक्त ढंगले निर्माण गरिएको नेपाल प्रहरीका प्रहरी प्रमुख प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी गराएका छन् ।

प्रदेश सरकार द्वारा विन्योजित कुल बाजेट १९ करोड १४ लाखको लागतमा बनेको उक्त ७५ कोठा रहेको ५ तल्ले सुविधा सम्पन्न भवनको बिहिवार एक विशेष समारोह बीच मुख्यमन्त्री द्वारा शिलालेख अनावरण गरि उदघाटन गरिएको थियो।

उक्त उदघाटन समारोहमा प्रदेश सरकारका सडक पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गाप्रसाद चापागाई, द्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला, पर्यटन बन तथा वातावरण मन्त्री जीवन आचार्य, सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुको विशेष उपस्थिति रहेको थियो ।

त्यस्तै प्रदेश नं. १ प्रदेश प्रहरी प्रमुख डिआईजी श्यामलाल ज्ञवाली, मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, मोरङका प्रहरी प्रमुख एसपी दिपक पोखरेलसहित नेपाल प्रहरीका उच्चपदस्थ प्रहरी अधिकृत र स्थानिय तहका जनप्रतिनिधिहरुको समेत भवन उद्घाटन समारोहमा सहभागीता रहेको थियो ।

बिहीबार प्रदेश प्रहरी कार्यालय भवनको उद्घाटन भएपनि १ बर्षभन्दा बढि समयदेखि नयाँ भवनबाट नै प्रदेश प्रहरी कार्यालयले काम गरिरहेको छ ।