जसपाको सांसद सहनाज रेहमानको निधन



काठमाडौं। जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य सहनाज रेहमानको निधन भएकोछ ।

जसपा सम्वद्द संगठन मधेस प्रदेश विशेष समिति र गैर भौगोलिक विशेष प्रदेश समिति द्वारा भक्तपुरको घ्याम्पे डाँडामा आयोजना गरिएको वनभोज कार्यक्रममा सहभागी हुन पुगेकी सांसद रेहमान आज बिहान करिब ११:३० बजे तिर पार्टीका नेताकार्यकर्ता संग भेटघाट र कुराकानी गर्दै कुर्सिमा बसिरहेको अवस्थामा एकासी भुइँमा ढलेपछि, तत्काल उहाँको छोरि, नातिनी र पार्टीका नेताकार्यकर्ताहरुले एम्बुलेन्स मार्फत भक्तपुरको मध्यपुर ठिमी आस्पताल पुर्याएका थिए यद्यपि डाक्टरहरुले चेकजाँच पछि उहाँको मृत्यु भइसकेको घोषणा गरेका थिए। डाक्टरहरुका अनुसार उच्च रक्तचापको कारण हृदयघात भइ उहाँको निधन भएको बताइएकोछ ।

सांसद रेहमानको शवलाई पोस्टमार्टमको लागि आज काठमाडौंको पाटन अस्पतालमा राखिने र भोलि बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारिमा ल्याई श्रद्धाञ्जली अर्पण गरिने जानकारी जसपा संघीय परिषद सदस्य तथा वौदिक पेशाकर्मी महासंघ नेपालको सदस्य सचीव विनोद विस्वकर्माले गराए । साथै श्रद्धाञ्जली कार्यक्रम पश्चात् अन्त्येष्टिको लागि भोलि नै हवाईजहाज मार्फत उहाँको गृह जिल्ला झापाको भद्रपुर लगिने समेत विस्वकर्माले जानकारी दिएका छन् ।