कोशी प्रदेशको विरुद्धमा पहिचानवादिको व्यापक प्रदर्शन: प्रदेश १ नामकरण



विराटनगर । प्रदेश १ को नामाकरणको विषयमा प्रदेशसभामा बहस चलिरहँदा प्रदेशसभा भवन बाहिर भने पहिचान पक्षधरहरुले धर्ना तथा प्रदर्शन गरेका छन् ।  लिम्बूवान किरात सङ्घर्ष समितिले विराटनगरको प्रदेशसभा भवन अगाडिको देवकोटा चोकमा नारा जुलुस बिरोध गरेकाहुन् ।

उनीहरुले पहिचानवादी एक हौं, मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दावाद !, कोशी प्रदेश मान्दैनौं लगायतका नारा लगाएका छन् ।

धर्ना र नारा जुलुस बढेसँगै त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेशसभा आसपासमा भने निषेधाज्ञा पनि जारी गरिएको छ । नामाकरण राख्ने बैठक भने अहिले पनि चलिरहेको छ ।