कोशी प्रदेश खारेजीको माग राख्दै यायोक्खा झापाले बुझायो विरोध पत्र



झापा । तात्कालिन प्रदेश नम्बर १ लाई कोशी प्रदेश नामाकरण गरिएको प्रती घोर विरोध गर्दै किरात राई यायोक्खा झापाले प्रमुख जिल्ला अधिकारी मार्फत आज मुख्यमन्त्री लाई बिरोध पत्र बुझाएका छन् ।

यायोक्खा झापा जिल्ला अध्यक्ष गणेश बहादुर राईको नेतृत्वमा आज दिउँसो सिडियो कार्यलय पुगेको टोलिले प्रजिअलाई उक्त बिरोध पत्र बाचन समेत गरेर सुनाएका थिए ।

गत फागुन १७ गते योजनावद्ध ढङगले पहिचान वादीहरुको भवनालाई लत्याएर पंचायती सैलीमा नै यथास्थिति झल्काउने कोशी प्रदेश पास गरेको यायोक्खाको दावी छ ।

विरोध पत्रमा भनिएको छ :
एकात्मक राज्यसत्ताको जाँतोमा पिसिएका नेपाली जनताले संघीयता, गणतन्त्र, सामानुपातिक समावेशी राज्य प्रणाली र पहिचानको सम्बोधनको लागि नेपालको इतिहासमा विभिन्न कालखण्डमा गरेको राजनीतिक र सामाजिक आन्दोलनको प्रतिफल र हजारौं शहिदहरुको बलिदानको जगमा निर्माण भएको नेपालको वर्तमान संविधान २०७२ को धारा ५६ को ३ को अनुसूची ४ अनुसार राज्यको संरचना अन्तर्गत विद्यमान ७ वटा प्रदेशहरु मध्ये १ नं. प्रदेशको नामकरण हुनबाँकी थियो र पहिचान सम्बन्धि वर्तमान संविधानको भावना, बिभिन्न
समयमा भएको आन्दोलनको मर्म र शहिदहरुको सपना साकार बनाउन १ नं प्रदेस लाई पहिचानको आधारमा किरात प्रदेश नामकरण गराउने ऐतिहासिक अवसर १ नं. प्रदेस सभालाई मात्र बाँकी थियो तर पार्टीको संसदीय दलको बैठकमा छलफल सम्म नचलाई षडयन्त्रपूर्वक ढङगले कोशी प्रदेश राख्ने तयारी गरि सहमतीको आधारमा होईन जबरजस्त प्रदेश सभाको बैठकमा प्रवेश गराई दुईतिहाई मतको आधारमा मिति २०७९ फागुन १७ गते योजनावद्ध ढङगले पहिचानलाई लत्याएर पंचायती सैलीमा नै यथास्थिति झल्काउने कोशी प्रदेश पास गरेको
प्रति किरात राई यायोक्खाको तर्फबाट घोर भर्त्सना गर्दै उक्त निर्णयप्रति सम्पूर्ण प्रदेसवासिको तर्फबाट घोर बिरोध गर्दछौं र उक्त निर्णय तत्काल सच्याउन प्रदेश सरकार र प्रदेश सभा समक्ष जोडदार माग गर्दछौं ।


ईतिहास, भूगोल, सभ्यता र संस्कृतिको आधारमा १ नं. प्रदेशलाई किरात प्रदेश नामकरण गराउनु पर्दछ भनि किरात राई यायोक्खाले बिगत १७ बर्षदेखि निरन्तर अभियान र बिभिन्न खालको आन्दोलन गर्दै आएको छ । यो आन्दोलन, माग र मुद्धा सकियो भनेर कसैले पनि दिवा सपना नदेखे हुन्छ । यो आन्दोलन थप प्रभावकारी ढङगले
अगाडि बढ्ने छ र यसबाट पर्न सक्ने कुनै पनि असहज परिस्थितिको जिम्मा स्वयं प्रदेश सरकार र प्रदेस सभा रहने जानकारी गराउँदछौं।