संसद राईलाई यायोक्खाले गर्‍यो गद्दार घोषणा



बिर्तामोड । धनकुटा बाट निर्वाचित कोशी प्रदेश सभाका सदस्य निरन राईलाई किरात राई यायोक्खा झापाले गाद्दार घोषणा गरेकोछ ।

शनिवार बिर्तामोडको मुक्तिचोकमा एक सभाको आयोजना गर्दै यायोक्खाले संसद राईलाई किराती भएर पनि आफ्नै इतिहास र सभ्यताको विरुद्ध रचिएको कोशी प्रदेश नामङ्कनमा समर्थकको रूपमा बसेको भन्दै गाद्दार घोषणा गरि उनको फोटोमा कुल्चने र सामुहिक रुपमा थुक्ने समेतको कार्यक्रम गर्नु परेको यायोक्खा झापाका उपाध्क्ष केवलराम राईले बताए।

गत फागुन १७ गते १ नम्बर प्रदेश सभा द्वारा दुईतिहाई बहुमतका साथ कोशी प्रदेश नमकरण गरे पश्चात् पहिचान बिरोधि नामङ्कन स्विकार्य नहुने भन्दै आविवासी जनजाति महासघं, किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ लगायत अन्य विभिन्न पहिचानवादी संघसंगठनले छुट्टा-छुट्टै र संयुक्त रूपमा अन्दोलन गर्दै आएका छ्न्।

त्यस्तै १ नं. प्रदेश पुनः नामङ्कन संयुक्त संघर्ष समिति द्वारा चैत्र ५ गते बिराटनगरमा कोशी प्रदेश खारेजीको निम्ति बृहत् जनप्रदर्शन तथा आम सभा आयोजना गरिएको समेत राईले बताए ।