झापा।
चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन बाट देश भरिकै सबै कलेज मध्ये सबै भन्दा फराकिलो मतले झापा बिर्तामोड कन्काई आदर्श क्याम्पसका किरण गुरुङ्ग विजय भएका छन । चौध वर्षपछि भएको स्ववियु निर्वाचनमा विद्यार्थी उत्साही भएर मतदान प्रक्रियामा सहभागी भएका थिए , विद्यार्थी गुरुङले नेवि संघ बाट आफ्नो उमेदवारी दिएका थिए। चुनाबमा आफ्ना प्रतिद्वन्दी लाई भारी मतको फरकले गुरुङ बिजय बन्न सफल भए। कनकाई आदर्श कलेजमा भएको चुनावमा गुरुङ्ले ७६५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी गणेश न्यौपानेले भने १२५ मत प्राप्त गरेका थिए। गुरुङ्ले ६४० को मत अन्तर प्राप्त गरे, यो मत अन्तर देश भरिकै कलेज मध्ये सबै भन्दा बढी रहेको छ।
झापा बिर्तामोड ४ मा बस्ने किरण गुरुङ बिभिन्न सामाजिक कार्यमा सक्रीय छन। गुरुङले कोरना माहामारिको बेलामा पनि सामाजिक अभियान्ताको रुपमा काम गरि सहयोगमा सक्रीय थिए।


 
                                                                     
                
 
                     
                     
                     
                     
                     
                     
                    