पुर्वमन्त्री आङ्बोको घरमा कालो झन्डा राखेको आरोपमा दुई जना पक्राउ



झापा । कोशी प्रदेशका पुर्व अर्थमन्त्री तथा माओवादी संसदिय दलका नेता ईन्द्र आङ्बो( मौसम)को झापा स्थित कमल गाउँपालिका-३, केर्खामा रहेको घरमा कालो झण्डा राखेको आरोपमा लिम्बुवान मञ्चका दुई जना नेता प्रन्तिय सदस्य बिरेन्द्र याक्थुङ्बा र एल. भि .कमान्डर वसन्तराज योङ्हाङ्लाई दमक प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश नं.१ लाई पहिचान विरोधी नाम ‘कोशी’ प्रदेश नामाकरण गर्नुमा पुर्वमन्त्री आङ्बोले प्रमुख भुमिका खेलेको र यहाँका आम आदिवासी जनजातिहरुको पहिचान, सभ्यता र इतिहासमाथी गद्दार गरेको भन्दै बुधबार दिउँसो प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिमा आवद्ध आन्दोलनकारिहरुले आङ्बोको घरमा कालो झन्डा राखेका थिए ।

लोकतन्त्रमा शान्तिपुर्ण ढंगले आन्दोलन गर्न पाइने र सोही अनुरुप साङ्केतिक रुपमा विरोधको कार्यक्रमहरु गर्दा प्रहरीले बिना कारण आफ्नो नेता पक्राउ गरेको संयुक्त संघर्ष समितिको एक प्रमुख घटक, संघीय लिम्बुवान मंच नेपाल झापाका सचीव राजा अङ्थुपोले बताएका छ्न्। त्यस्तै उनले पक्राउ परेका आफ्ना नेताहरूलाई तत्काल विना शर्त रिहाई गर्न माग गर्दै यदि २४ घन्टा भित्र पनि रिहाई नगरिए तत्काल शसक्त आन्दोलन सुरु गर्ने समेत चेतावनी दिएका छन्।

उता प्रहरी प्रशासनको तर्फबाट भने हुलहुज्जत र गालिगलोज सम्बन्धिको निवेदन आएको हुँदा उहाँहरुलाई सोधपुछका लागि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोज कुमार लामाले दृश्य अनलाईनलाई बताए ।