अर्जुनधाराको दहिझोडामा एकै रातमा तीन घरमा चोरी



झापा अर्जुनधारा। झापाको अर्जुनधारा नगरपालिका वडा नम्वर ४ को दहिझोडामा विहिबार राती अन्दाजी १-२ बजेको समयमा एउटै गाउँको तीन घरमा चोरि भएको छ।

चोरले घरको झ्याल बाट छिरेर र खुल्ला रहेको घरको ढोका बाट मोबाईल साथै पर्स चोरी गरेका छन। पर्सको नगद सहित नागरिकता कागजात समेत चोरी भएको छ। चोरी हुनेमा अर्जुनधारा ४ निवासी लोक बाहादुर मगर ( नेत्र बहादुर मगर) , बिष्णु सेरेङ्ग लिम्बु र असोक लिम्बुको घर बाट चोरी भएको हो।

चोरी भएका घरका नविन मगरका अनुसार विहिबार भएको उक्त चोरिमा तिनै वटा घर बाट गरि तीन थान मोबाइल, नगद र नगरिकताको कागजपत्र चोरी भएको छ।