शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा अशोक राई नियुक्त



काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले शुक्रबार नयाँ मन्त्रीमन्डल विस्तार गरे सङ्गै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री मा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोक कुमार राई नियुक्त भएका छ्न्।

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले सफत ग्रहण गरे लगत्तै शुक्रबारनै मन्त्रालयको कार्यभार समेत सम्हालेका थिए । सो क्रममा मन्त्री राईले मन्त्रालयको कर्मचारी र पत्रकार हरुसग बोल्दै आफ्नो कार्यकालमा केही राम्रो काम गरेर देश र जनताको ऋण तिर्ने मनसाय रहेको बताएका छन् ।

चौथो पटक मन्त्रीको रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हालेका उनले मन्त्रालयका कर्मचारीहरुबाट सहयोग पाउने अपेक्षा रहेको बताए ।

‘मन्त्रालय सञ्चालन गर्ने सिलसिलामा यहाँहरुको सहयोग भएन मन्त्री एक्लैले गरेर केही पनि हुँदैन,’ उनले भने, ‘नेतृत्वको पनि आफ्नाे ठाउँमा महत्वपूर्ण भूमिका हुन्छ, मैले त्यो भूमिका बुझेर निर्वाह गर्ने प्रयत्न गर्नेछु ।’

सो क्रममा उनले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने विषयमा सुधार गर्न र शिक्षाको गुणस्तर अझ वृद्धि गर्न सबै मिलेर काम गर्नुपर्ने बताए ।

मन्त्री राईलाई मन्त्रालयका सचिवद्वय रामकृष्ण सुवेदी र प्रमिलादेवी बज्राचार्यसहित उच्च अधिकारी तथा कर्मचारीहरुले सिंहदरबारस्थित मन्त्रालयमा स्वागत कार्यक्रम राखेका थिए ।

सो क्रममा सचिव सुवेदी र बज्राचार्यले मन्त्रालयले गर्दै आएको कामहरुबारे संक्षिप्तमा जानकारी गराएका थिए ।