पहिचान विरोधीलाई ठेगान लगाउन किरात गणराज्य मोर्चा गठन: drishyaonline.com



काठमाडौ । प्रदेश नम्बर १ लाई ‘कोशी’ नामाकरण गरिए संगै यतिबेला पुर्वमा पहिचानवादीहरुले सशक्त आन्दोलनको थालनी गरेकाछन् ।

यहीँ क्रममा ‘संविधानको समाजवाद उन्मुख राज्य अभ्यास गरौं, पहिचान विरोधीलाई ठेगान लगाऔं’ भन्ने मुख्य नाराका साथ पहिचान पक्षधरलाई गोलवन्द गरि कोशी प्रदेशको नाम खरेजिको आन्दोलनलाई थप सशक्त बनाउनको लागि भन्दै शनिबार किरात राई यायोख्खाको केन्द्रिय कार्यलय कोटेश्वरमा आयोजना गरिएको एक भेलाले खुक्सङ खम्बुको संयोजकत्वमा ३३ सदस्यीय किरात गणराज्य मोर्चा उपत्यका समिति गठन गरेकोछ।

गत चैत्र ५ गते विराटनगरमा भएको कोशी प्रदेश नामङ्कन खारेजीको लागि आयोजना गरिएको जनप्रदर्शनमा प्रहरी सगको झडपमा घाइते भएका लाजेहाङ लिम्बू ‘पदम’को उपचारको क्रममा मृत्यु भएपछि झनै चर्किएको पहिचानवादिहरुको आन्दोलनलाई सार्थक निष्कर्षमा पुर्याउनको निम्ति निर्माण गरिएको मोर्चाको भेलालाई सम्बोधन गर्दै मोर्चाका संरक्षक पुर्व मन्त्री गोपाल किरातीले करिब दश पृष्ठ लामो कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त भेला बाट गठन गरिएको समितिका सदस्यहरुमा : भद्रगोल किराँती, खिला राई, साहस राई, योगेस्वर खालिङ, प्रकाश राई, रश्मि राई, राजेश चाम्लिङ , सुमन वाङ्देल, उमेश वाङ्देल, धनबल राई, जासिहव राई, वमिशंकर राई, लोकेन्द्र जेरो किराती, पुजा थुलुङ, अवतार राई, पञ्च राई, प्रकाश राई ‘ ख’, रिदम राई, कल्पना राई, राहुल राई, होसन राई, लक्ष कुलुङ राई, ओमन चाम्लिङ , ललित सुनुवार, रमिला राई, इन्द्र जिजिविसा, आशकुमार राई, अमर राई, करिना राई, युक्सन राई, रमेश वोखिम राई, रवि राई, सन्तोस कुमार मेवाहाङ, आभास कुलुङ र राजकुमार राई रहेका छन् ।

त्यस्तै भेलाले आर्थिक र प्रचारप्रसार उप-समितिको समेत निर्माण गरेको छ । आर्थिक समितिको संयोजकमा प्रकाश दुमि राई चयन भएका छन् भने सदस्यहरूमा ओमन चाम्लिङ र रोशन राई रहेका छन् । त्यस्तै प्रचारप्रसार समितिको संयोजकमा ललित सुनुवार चयन भएका छ्न भने सदस्यहरुमा जसिहब राई र धनबल राई रहेकाछ्न् ।

करिब ३०० जनाको सहभागितामा सम्पन्न भेलामा किरात राई यायोख्खाका जनक राई र किवाङ्हाङ राई लगायतले शुभकामना मन्तव्य राखेका थिए भने अन्त्यमा संयोजक खुक्सङ खम्बुले प्रतिवद्दता व्यक्त गरेका थिए।