६ करोड रुपैयाँको लगानीमा होटल कोशीप्यालेश बन्दै



सुनसरी। उदयपुरको बेलका नगरपालिका वार्ड नम्बर ८ चतरा स्थित कोशी पुल नजिकै करीब ६ करोड रुपैयाँको लागतमा सुबिधा सम्पन्न होटल ‘कोशीप्यालेश’ निर्माण हुने भएकोछ।

पछिल्लो समय सुनसरी र उदयपुर जिल्लाको संगम स्थलको रूपमा रहेको चतराघाट आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएतापनि उपयुक्त किसिमको सुबिधा सप्पन्न होटल तथा रेस्टुरेन्ट नभएको गुनासो बढ्दै गएकोहुनाले पर्यटकहरुको चाहानालाई नै ध्यानमा राखि होटल निर्माण गर्न लागिएको होटल संचालक/ प्रबन्धक सम्पत राईले दृश्य अनलाइनलाई बताए ।

उक्त होटलमा आउने पाहुनाहरुलाई सुबिधाको लागि स्विमिङ पुल, चिल्ड्रेन पार्क लगायत फोटो सुटको लागि विभिन्न किसिमको प्रतिमुर्ति आदि समेत निर्माण गरिने संचालक राईले बताए । साथै सबै किसिमको आन्तरिक पर्यटक तथा पाहुनाहरुलाई सहज हुनेगरी रु.५०० देखिको ५००० सम्मका डिलक्स तथा AC रुमहरुको व्यवस्था गरिने पनि राईलेले बताए ।

त्यस्तै पाहुनाहरुले होटल परिसरबाटै किरातिहरुको आस्थाको केन्द्र खुवालुङ, बराहक्षेत्र मन्दिर तथा कोशीटप्पु वन्यजन्तु आरक्षण लगायत विविध मनोरम दृश्यहरुको अवलोकन गरि आनन्द लिन सकिने संचालक राईले बताए ।