काठमाडौ । नेपाल सरकारको संघीय शहरी विकास मन्त्री सीता गुरुङलाई इङ्नाम- ईवाहाङ विकास समिति र इङ्नाम इवाहाङ युवा समाजले पहिचान प्राप्तिको लअन्दोलको क्रममा प्रहरी सगको झडपमा घाइते भइ मृत्यु भएका पदम लिम्बू ‘लाजेहाङ’लाई सरकारले सहिद घोणा गरि परिवारलाई तत्काल उचित क्षतिपूर्ति दिनुपर्ने माग सहित आइतबार ध्यानाकर्षण पत्र बुझाएकोछ ।

ध्यानाकर्षण पत्रकामा भनिएकोछ ऐतिहासिक विरासत, एकता र समृद्धि प्रति इङ्नाम इवाहाङ विकास समिति सदैव प्रतिवद्ध रहेको भन्दै नेपालमा संघीय पुनःसंरचना पछि नामाकरण हुन नसकेको प्रदेश १ को नाम छापामार शैलिमा ‘कोशी प्रदेश’ नामाकरण गरेको प्रति इङ्नाम इवाहाङ विकास समित र इङ्नाम इवाहाङ युवा समाज प्रदेश सभाले जनमत माथी गम्भीर कुठाराघात गरेको ठहर गर्दै घोर आपत्ति प्रकट गर्दछ । र प्रदेश १ को पुनः नामाङ्कन शान्तिपूर्ण तथा न्यायपूर्ण ढंगले मुक्ति आन्दोलन प्रति इङ्नाम इवाहाङ विकास समिति, युवा समाजको तर्फबाट माननीय मन्त्रीज्यूलाई ध्यानाकर्षण गराउन चाहान्छौं ।
मन्त्री गुरुङ तेह्रथुम बाट नेपाली कङग्रेसको संसद हुँदै मन्त्री बनेकी हुन् ।
