(नगद सहित धाविका “प्रिया” राई सम्मानित)
खोटाङ ऐसेलुखर्क गा.पा २ प्रदेश १ कि अल्ट्रा धाविका प्रिया राईलाई प्रदेश १ सरकारले १ लाख नगद सहित सम्मान गरेको छ। उनले अल्ट्रा म्याराथन मार्फत विश्वमा नेपाल र प्रदेशलाई चिनाएको साथै यसले नेपालको प्रतिष्ठालाई उच्च बनाएको भन्दै सम्मान गरिएको हो। 

धाविका राईले गत डिसेम्बर १० मा थाइल्यान्डमा सम्पन्न युटियम्बी वोर्ल्ड सिरिजमा ५३ किलोमीटर अल्ट्रा दौड् प्रतियोगितामा नेपाललाई रजत पदक दिलालाउनु भएको थियो । उहाँले अहिले सम्म देशका उत्कृष्ट अल्ट्रा म्याराथनको उपाधी आफ्ना पोल्टामा पार्न सफल हुनुभएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय बिराटनगरमा आयोजना गरिएको सोही कार्यक्रममा क्रीकेटर ललित राजवंशी पनि नगद एक लाख एघार हजार सहित सम्मानित हुनु भएको छ । उहाँले क्रीकेटको माध्यमबाट देशलाई बिश्वमा चिनाएको साथै वोर्ल्डकपमा छनोट भएको भन्दै प्रदेश सरकारले नगद सहित सम्मान गरेको हो।

उक्त कार्यक्रममा राई र राजवंशी सहित अन्य बिधाका विभिन्न खेलाडिहरु पनि सम्मानित हुनु भएका थिए । त्यस्तै प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले खेलाडिहरुलाई खेलमा ढुक्क भएर खेल्न आग्रह गर्नुभएको थियोे । साथै खेलकुद विकासको लागि प्रदेश सरकार सधै तत्पर रहेको र यस वर्ष खेलकुद विकासको लागि बजेट समेत सुधार गर्ने बताउनु भयो ।कार्कीले राजनीति गर्न आफूहरुलाई छोडिदिनु र खेलकुदमा राजनिती नगर्न समेत आग्रह गर्नु भएको थियो ।
#priyarai
#priyarairunner



 
                                                                     
                
 
                     
                     
                     
                     
                     
                     
                    