झापा । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संघर्ष समिति झापाले हल्दिवारी गाउँपालिका अन्तरगत वर्ड नं. ५ स्तरीय संघर्ष समिति गठन गरेकोछ ।

वार्ड नं. ५ स्थित त्रिवेणि चोकमा शुक्रबार एक वृहत् भेलाको आयोजना गरि समिति निर्माण गरिएको हो। भेलाबाट टेक बहादुर मावोको संयोजकत्वमा ५३ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।
उक्त कार्यक्रम संघर्ष समितिका घटक संगठन संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका केन्द्रिय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ लिम्बुको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियो भने संघीय लिम्बुवान पार्टीका नेता एल.बि. पालुङवा, पहिचान आन्दोलनका अभियानता तथा पत्रकार दिपिन राई, जसपा, नेपालका प्रदेश कमिटी सदस्य तथा पत्रकार गौरिमान राई, लिम्बुवानका युवा नेता सामी पालुङ्वा, गिता राई आदिको आतिथ्यतामा सम्पन्न गरिएको थियो।
विभिन्न राजनीति पार्टी तथा पहिचान बिरोधि संगठनहरु परित्याग गरि कोशी प्रदेश नामाकरण खारेजीको निम्ति जस्तोसुकै आन्दोलन र भुमिका समेत निर्वाह गर्न तयार भएर उत्साहपुर्ण रूपमा २०० भन्दा बढी सहभागी भएको कार्यक्रममा संघर्ष समितिको हल्दिवारी संयोजक बुद्धि मावोले अध्यक्षता गरेका थिए भने सुमन लिम्बुले कार्यक्रम सन्चालन गरेका थिए ।


