तराई क्षेत्रमा बिजुलिकोको समस्या कहिले समाधान हुन्छ त?
केही दिनयता तराईका विभिन्न उद्योगले मागेजति बिजुली पाउन सकेका छैनन भने घरमा पनि प्रयाप्त बिजुली बुतरण भैरहेको छैन।
यो बिषयमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भन्नू हुन्छ :
घिसिङ्का अनुसार यस्तो समस्या हुनुका दुई कारण छन्।
पहिलो, भारतबाट आयात गरिएको बिजुली वितरण गर्न समस्या छ। अहिले नेपालले सबैभन्दा धेरै बिजुली आयात गर्ने मुजफ्फरपुर-ढल्केबर प्रसारण लाइनबाट हो। भारतबाट अहिले दैनिक ५ सय मेगावाटको हाराहारीमा बिजुली आयात भइरहेको छ।
‘उताबाट बिजुली ढल्केबरसम्म ल्यायो तर त्यहाँबाट पूर्व-पश्चिम पठाउन प्रसारण लाइन १३२ केभिएको मात्र छ,’ घिसिङले भने,‘दुबैतिर अहिले यति धेरै माग छ कि कति ठाउँमा ब्रेकर पड्किएको छ, ट्रान्समिसनको लाइन चुँडिएको छ।’
वैशाखको सुरूमै गर्मी अत्याधिक बढेकाले तराई क्षेत्रमा अहिले बिजुलीको माग ह्वात्तै बढेको छ। मागअनुसार बिजुली पुर्याउने संरचना नभएका कारण भारतबाट धेरै बिजुली ल्याएर पनि बाँड्न नसकिने घिसिङले बताए।
नेपालले भारतको केन्द्रीय प्रसारण लाइनबाट बिजुली ल्याउने ढल्केबर-मुज्जफरपुरबाट मात्रै हो।
अर्को कारण देशभित्रको उत्पादन पोहोरभन्दा पनि कम हुनु हो। पोहोर यतिबेला नेपालमा ११ सय मेगावाट बिजुली उत्पादन भएको थियो, यसपालि ८ सय मेगावाट हाराहारीमा मात्र बिजुली उत्पादन भइरहेको छ।
‘काबेली करिडोरमा २ सय मेगावाट बिजुली उत्पादन हुने क्षमता छ तर त्यहाँबाट अहिले ३० मेगावाट मात्र बिजुली आइरहेको छ,’ घिसिङले भने,‘देशभरिका सबै परियोजनाको हालत यस्तै छ। बिजुली उत्पादनका हिसाबले यो हिउँद सबैभन्दा सुख्खा भएको छ।’
पूर्वदेखि पश्चिमसम्म सबै परियोजनाबाट अलि धेरै बिजुली उत्पादन हुँदा ती-ती क्षेत्रमा वितरण गर्न सजिलो हुन्छ। अहिले एक-ठाउँको बिजुली अर्को ठाउँमा पुर्याउन संरचना नभएकाले समस्या भएको घिसिङ बताउँछन्।
‘त्यही भएर ४०० केभिएको पूर्व-पश्चिम प्रसारण लाइन छिटो बनाउनु पर्नेछ,’ घिसिङले भने।
अहिले देखिएको समस्या समाधान हुन १०/१५ दिन लाग्ने उनले बताए।
‘त्यतिबेलासम्म हाम्रो आन्तरिक क्षमता बढ्छ, त्यसले धेरै सजिलो बनाउँछ,’ घिसिङले भने।
काठमाडौं उपत्यकामा भने तत्काल बिजुली आपूर्तिमा समस्या नहुने उनले बताए। स्रोत – setopati


 
                                                                     
                
 
                     
                     
                     
                     
                     
                     
                    