बिर्तामोड । प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाको बैठक बिहीबार बिर्तामोडको भद्र्पुर रोडमा रहेको लन्डन पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको छ ।
संयुक्त संघर्ष समिति (केन्द्र)ले गत वैशाख ५ गतेको वैठक बाट आगामी आन्दोलन तथा कार्यक्रमहरुको योजना निर्माण गरे संगै प्रदेश भरिका १४ जिल्लामै संघर्ष समितिको रणनीतिक वैठक आयोजना हुने क्रममा बिहीवार झापामा पनि आयोजना गरिएको संयोजक पाण्दव लाल चौधरीले बताए ।
बैठकले आगामी आन्दोलनलाई थप व्यवस्थित र मर्यादित बनाउने उदेश्यले तत्काललै जिल्ला स्तरीय युवा स्वयंसेवक (Youth Volunteer) गठन गर्ने, वैशाख ९ गते संघीयता कार्यान्वयन पछीको पहिलो पहिचानवादी सहिद पदम कुमार लिम्बू ‘लाजेहाङ’ को शव यात्रा तथा अन्त्यष्टीमा झापाको तर्फबाट व्यापक रूपमा सहभागी हुनेबारे त्यस्तै १० गते इटहरीमा हुने बिरोध सभामा र ११ गते देखी बिराटनगर केन्द्रीत शान्तिपुर्ण विरोध प्रदर्शनमा सहभागीताको निम्ति व्यापक तयारीको र अर्थिक व्यवस्थापन लगायत महत्त्वपूर्ण विषयहरु माथि छलफल र निर्णय भएको संघर्ष समिति झापाका सदस्य सचिव तथा किरात याक्थुङ चुम्लुङ झापा अध्यक्ष सेसेहाङ फियाकले दृश्य अनलाईनलाई बताए ।
प्रदेश नं. १ पुनः नामङ्कन संयुक्त संघर्ष समितिमा आवद्ध सम्पुर्ण घाटकहरुको प्रतिनिधि तथा स्थानीय पालिका समितिहरुको समेत प्रतिनिधिहरुको उपस्थितिमा आयोजना भएको वैठकलाई जिल्ला संयोजक पाण्डव लाल चौधरीले अध्यक्षता गरेका थिए भने सदस्य सचीव सेसेहाङ फियाकले कार्यक्रम सन्चालन गरेका थिए ।