झापा । नेकपा एमालेका अध्यक्ष केपि ओलिलाई बुधबार झापामा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिल कालो झन्डा देखाएका छन् ।
झापाको बुद्धशान्तिमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्न आउने क्रममा अध्यक्ष ओलि र उनि सङ्गै आएका अर्का एमाले नेता सुबास चन्द्र नेम्बाङलाई संघर्ष समितिका कार्यकर्ताहरुले बुधबारे चोकमा पहिचान बिरोधि भन्दै नाराबाजी सहित कालो झन्डा देखाएका थिए । सो क्रममा प्रहरी र आन्दोलनकारी बीच झडप हुँदा २ प्रहरी घाइते भएका छन् । घाइते हुनेमा ईलाका प्रहरी कार्यालय धुलाबारीका इन्चार्ज प्रहरी निरीक्षक अनिल मावोहाङ र सहायक हवल्दार सुविन राज्वन्शी रहेको जिल्ला प्रवक्ता डिएसपी खगेन्द्र रिजालले दृश्य अनलाइनलाई बताए । त्यस्तै प्रहरीले संघर्ष समितिका १ जना आन्दोलनकारिलाई समेत पक्राउ गरेको छ । आन्दोलनकारिको तर्फ पक्राउ पर्नेमा मित्र लिङ्देन रहेको संघर्ष समिति झापाका सदस्य सचीव सेसेहाङ फियाक्ले बताए ।
गत फगुन १७ गते तात्कालिन एमाले नेतृत्वको प्रदेश सरकारले प्रदेश १ लाई कोशी नामाङ्कन गरे सङ्गै उक्त नाम खारेज गरि पहिचानको आधारमा पुनः नामाङ्क्न गरिनु पर्ने माग सहित संघर्ष समितिले आन्दोलन चर्काउदै आइरहेको छ । सोही क्रममा संघर्ष समिति द्वारा चैत्र ५ गते बिराटनगरमा भएको प्रदर्शनको क्रममा लाजेहाङ लिम्बु ‘पदम’ घाइते भई उपचारको क्रममा मृत्यु भएपछि थप आक्रोशीत भएका आन्दोलनकारीहरु निरन्तर अन्दोलनरत रहेकाछन्।