- जीवन जित राई
किरात समुदायको महान् चाड साकेला उभौलीको मौसम यसवर्ष पनि सुरु भएको छ । प्रत्येक वर्ष बैशाख पुर्णिामा देखि यो चाड शुरु हुने गर्दछ र वैशाखको पुर्णे देखि नै भव्य रूपमा किराती रितीअनुसार भूमीको पूजा गरी साकेला उभौली चाड भूमी(भुमे) पूजा गरी किराती सस्कार अनुसार साकेला मनाउने गरिन्छ । यस खवसरमा साकेला शिलि नाच्दै १ महिना सम्म मनाउने यो चार्ड किरातीहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुशी पार्नकालागि हरेक वर्ष वाली लगाउने समयमा बैशाखे पुर्णिामा उभौली मनाउने चलन रहिआएको छ । प्रकृति रहेकोले ÷भएकोले नै आफु(हामीहरु) रहेको भन्ने÷मान्ने किरातीहरु प्रकृतीलाई मान्ने गर्दछन र किरातीहरु प्रकृतीपुजक हुन, प्रकृतीका पुजारी हुन , प्रकृती पुजक भएकोले नै किरातीहरुले बैषाखको महिना देखि बालीनाली लगाउदा यसपाली लगाउने बालीनाली सुव्यभव्य होस वबलीनालीमा रोगव्याधी नलागोस , फलोस फुलोस, सवैको कल्यणहोस भन्ने कामना गर्दै उभौली साकेला मनाउने चलन छ । तेस्तै अन्न वाली पाकिसकेपछि खुसीयाली मनाउदै उधौली (मंसिरे पूर्णिमा) पनि यसै गरी विशेषरूपले खुसीयाली साथ साकेला आफ्नो पुर्खाहरुलाई चढाउदै आफ्नो प्रमुख चाडका रूपमा मनाउन गरेका छन् । उभौलीमा अन्नवाली फुलोस फलोस , अन्नलाई चाहीने हावापानि सवै दिनुहोस भन्दै उभौली साकेला मनाउइन्छ भने उधौलीमा बैसाखमा लगाएको अन्न सफल भएकोमा पुर्खा र प्रकृतब्ी सगँ आभारी हुदै सर्वप्रथम पुर्खालाई अन्न चढाउदै यो चाड(उधौली) साकेला मनाउने गरिन्छ ।
फलामलाई लैलै रेटौला, नमरी बाँचे भेटौंला सोई सोइला लै लेई सोई सोइला …
साकेला लै लै नाचौला , चली र माइती लै लै रमाउला सोइ सौला लै लेइ सोइ सोइला…
यसरी भन्दै यसरी दोहोरी खेल्दै यो साकेला नाच परापूर्व काल देखि नै प्रारम्भ भएको हो । यो साकेला नाच नाच्नेलाइ जति रौनक हुन्छ हेर्नेलाइ पनि उतिकै रमाइलो हुने गर्दछ । किरात खम्बु–राईहरूले पितृपूजा र प्रकृति पूजा गर्छन् । किरात खम्बु–राईहरूले आफ्नो यो विशेष चाड साकेला ऋतु परिवर्तनसँगै वर्षमा दुई पटक मनाउँछन् । उभौली र उधौलीका रूपमा बालीनाली लगाउने र थन्क्याउने अवसरमा यो चाड मनाइन्छ । अन्नबाली लगाउने समयमा मनाइने चाड उभौली बालीनालीमा रोगव्याधि नलागोस्, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस् तथा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ मनाइन्छ । दिन लामो हुन थालेको दिन अर्थात् पूणिर्मा देखि यो चाड सुरू हुन्छ । खुला आकाशमुनि संयुक्त रूपमा नाचगान गरी हर्षोल्लासपूर्वक साकेला नाचिन्छ । बालकेदखि वृद्धसम्म एउटै लहरमा गोलो वनेर सामूहिक रूपमा नाचिने साकेला नृत्यले यो आदिवासी जातिको सामूहिक भावना प्रदर्शन गरेको पाइन्छ । हात–खुट्टाको चाल हाउभाउद्वारा पङ्क्तिबद्ध रूपमा जीव–जनावरको नक्कल गरी ढोल–झ्याम्टाको तालमा नाचिने सामूहिक नृत्य नै साकेला हो । किरात खम्बु राई हरूले साकेला नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ ।
यसपाली पनि वैशाख पूर्णिमाको अवसरमा आज शुक्रबारबाट सुरु भएको साकेला उभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर लगायत किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिन्छ । राई, लिम्बू, याक्खा, सुनुवार लगायतका समुदायमा अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आइनलागोस्, सुव्यफाव्य होस भन्ने कामनामा भूमि, पितृ र अन्नको पूजाआजा गरी साकेला चाड मनाउने प्रचलन रहिआएको ।
साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाच्न सुरु गरिन्छ । किरात समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णिमा र अन्नबाली उठाउने याम मंसिर पूर्णिमामा एक÷एक महिना दिनसम्म मनाउने गरिन्छ । साकेलाको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउदै एक आपसमा शुभकामना आदान–प्रदान गर्दै साकेला मनाउने प्रचलन छ । चराचुरुङगी बेंसीबाट लेकतिर जाने गर्मी याममा उभौली तथा लेकबाट बेंसीतिर झर्ने जाडो याममा उद्यौली पर्व मान्ने प्रचलन छ । साकेन्वा, साकेवा, साकला लगायतका नामबाट चिनिने साकेलाको अवसरमा नाचिने साकेला नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपंक्षिको क्रियाकलापलाई चित्रण गर्दै नाच्ने गरिन्छ।
किरात बसोबास रहेको प्रत्येक गाउँ युवा युवती, केटाकेटी, बुढापाकाको जमघट तथा साकेला गीत र नाचले दिनरात गुञ्जायमान बन्ने गरेको छ । आफन्त, साथीभाइ, नरनाता, छरछिमेकबीच पारिवारिक तथा व्यक्ति–व्यक्तिबीचमा उभौली चाडको शुभकामना आदान प्रदान गर्दै परिकार खाएर रमाइलो गर्ने गरिन्छ । विभिन्न जातजातिको मिश्रित बसोबास रहेको ठाउँका गैर–किरातीले समेत जातीय सदभाव र साँस्कृतिक सहअस्तित्वका रुपमा साकेला नाच्ने गरेका छन् ।
काठमाडौ ललीतपुर भक्तपुरको राई हरुले यस पटकको उभौली चाडमा साकेलामा माईतिघर देखि नयाँ बानेश्वर सम्मको सडकमा र्यली निकाल्ने भएको छ । निकै लामो गृहकार्य गर्दै आपसि सहमति जुटाएर किरात राई यायोक्खा केन्द्रिय कार्य समितिको बसेको वैठकको निर्णय अनुसार यसपटकको उभौली चाडको उपलक्ष्यमा साकेला कार्यक्रमलाई सास्कृतिक आन्दोलनको रुपमा मनाउने निर्णय भएको छ । अहिले यो देशकै प्रमुख सभ्यता , एतिहासिक पृष्ठभुमि , विविधतायुक्त सस्कृति,विसेष भुगोलको पहिचानलाई नामेट गर्ने गरी छापामार तथा डकैटि शैलीमा हिक्मत कार्कि सहित ८२ प्रदेस सदस्यले “ कोशि “ नामाकरण गरेकोले सम्पुर्ण किराती समुदायहरु लगायत १ नम्बर प्रदेशका पहिचान पक्षधरहरु, उत्पीडितहरु र वौद्दिक खस आर्य समुदायहरु समेत आन्दोलित भएको सर्वविदितै छ । यस पटकको उभौली चाड यहि वैशाख २२ गतेका दिन ,साकेला सित्ली, चासोक तङ्नाम, स्यादार पिदार, भुमे , तोषि लगायतका कार्यक्रममा बिहानै ८.०० बजे देखि राजधानीमा सानो हातिवनमा तथा राजधानि बाहिर साकेला थान,भुमेथान , माङ्हिम, माङ्खिममा पुजापाठ सके पछि दिनको १२.०० बजे देखि ५ बजे सम्म “कोशी“ मुर्दावादको नारा पम्प्लेट हरेक सहभागिको छातिमा तासेर राजधानीमा माईतिघर देखि नयाँ वानेश्वर सम्म र राजधानी बाहिर शहरको र जिल्लाको सदरमुकामको प्रमुख चोकहरुमा हाम्रो सास्कृतिक पहिचानलाई मास्न पायिन्न भन्ने सन्देशका साथ त्यहि स्थानमक हाम्रा ढोल झ्याम्टोको गर्जन सहित सबै सित्लि–नाचको आयोजना गरेर मनाऔ भन्ने सूचना सहित किरता राई यायेक्कखाको केन्द्रीउ अध्यक्ष जीवन हताचो राईले पोष्ट गर्नु भएको छ । तेस्तै किरात राई यायोक्खा सुनसरीले पनि ‘२०८० सालको साकेला उभौलीको सन्दर्भमा कोशी प्रदेश नाम खारेजीको माग गर्दै नेपालको प्राचिन सभ्यता एवं बहुपहिचानको आधारमा किरात प्रदेश हुनुपर्दछ भन्ने किरात राईहरूको मागलाई विशिष्ठ रूपमा उठाउने छ ।’
किरात धर्म हो कि सभ्यता हो भन्ने बारेमा पत्रकारहरूले गरेको प्रश्नमा अध्यक्ष राईले भने ‘किरात नेपालको ऐतिहासीक सभ्यता हो ।’ लिम्बुवान, किरातको नामाकरण मागलाई पनि उनले पहिचानको आधारमा प्रदेशको नामाकरणकै माग भएकोले जायज भएको बताए । साकेला उभौली वैशाखे पूर्णिमा देखि औंशी सम्म विधिवत रूपमा ढोल झ्याम्टा फुकाई १५ दिन सम्म आंगनमा स्याउली गाडेर धूमधाम साकेला शिली नाची चाड मनाउ कार्यक्रम यायोक्खाले सार्वजनिक गरेको हो । यायोक्खा सुनसरी जिल्ला समितिको आयोजनामा धरान १७ स्थित सकालेका पार्कमा जिलाभरका राई समुदाय बिच साकेला शिली प्रदर्शन प्रतियोगिता पनि हुने जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष राईले संस्कार संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्ने राज्यको दायित्व रहेपनि राज्यले किरात राईहरूको संस्कृतिलाई महत्त्व नदिएको बताए । किरात र १ नम्बर प्रदेशमा आदीवासी जनजातीको बसोबास रहेको र ईतिहास, भुगोल र सभ्यताको सम्मान प्रदेशवासीको आव्हान हुँदा सम्म पनि सरकारले किरात राज्य घोषण नगरिएकाले किरात समुदाय आन्दोलनमै रहेको उनको भनाई थियो । राई समुदायले उभौली साकेला समय साल राम्रो होस्, अन्नवाली सप्रियोस, अनिकाल नलागोस्, सबै जीव प्राणीहरूमा सुख शान्ति होस भन्दै सिमेभूमे पूजागरी साकेला नाचेर नयाँ अन्नवाली लगाउने याम सुरु भएको रूपमा मनाउने गर्दछन् । साकेलामा नाचिन लयलाई शिलि भनिने गरिएको उल्लेख गर्दै पत्रकार सम्मेलनमा जारी वक्तमा भनिएको छ ‘साकेला शिलि आराधानात्मक शिलि, अनुकरणात्मक शिलि, कृयाकलात्मक शिलि गरी ३ प्रकारको हुने गरेको पाईएको छ ।’किरात राईहरूको सांस्कृतिक एकताको प्रतिकको रूपमा रहेको साकेला शिली नेपाल, भारत, हङकङ, बेलायत, जापान, मकाउ, सिंगापुर, अमेरिका, दक्षिण कोरिया, दुबई, साउदी, कतार, मलेशिया, अस्ट्रेलिया आदि देशहरूमा किरात राईहरूको बसोबास रहेको छ ती ठाउँहरूमा धूमधामसँग नाच्ने गरिन्छ ।