आफू पहिचानको पक्षमा उभिदा काम गर्न चारैतिरबाट छेकियो: स्वास्थ्यमन्त्री तावा



बिराटनगर । कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले प्रदेश भित्र स्वास्थ्य क्षेत्रमा निकै व्यथिति भएको बताउँदै त्यसलाई क्रमशः सुधार्दै लगिएको बताएकी छिन् ।

स्वास्थ्यका नाममा करोडौं रुपैयाँ राज्यले खर्च गरे पनि भने जस्तो परिणाम नआउनु र जनताले सेवा प्राप्त नगर्नु व्यथितिको पराकाष्ट हो । यसअघि हाम्रै पार्टीका स्वास्थ्यमन्त्रीले नसुधारेका होइनन्, त्यसलाई थप सुधार्न खोजिरहेका छौं । उनले स्वास्थ्य क्षेत्रलाई सुधार गरेर जाने ठोकुवा गरिन् ।

दृश्य अनलाइन संगको विशेष भेटमा जसपाबाट स्वास्थ्य मन्त्री बनेकी तावाले प्रत्येक अञ्चल तथा जिल्ला अस्पताललाई सेवामुखी र औषधी अभाव हुन नदिन आफूले गरेको अनुगमनसँगै स्वास्थ्य क्षेत्र सुधारोन्मुख बाटोमा गएको हुँदा जनताले दुःख नपाउने नीति ल्याइने बताइन् ।

सदनमा पहिचानको मुद्दा चर्को स्वरमा उठाउदै आएकि तावाले कोशी प्रदेश नामाकरणको विरुद्ध आफ्नो राय राख्दै चुनावमा मत समेत जाहेर नगरेकी मन्त्री तावाले पहिचान पूर्वको मुटु हो, यसलाई कुनै पनि हालतले बिचलन आउन दिन नहुने बताइन् ।

आफू पहिचानको पक्षमा उभिएको हुँदा काम गर्न चारैतिरबाट छेकेको बताउँदै आफू जिम्मेवार भई जनताको पक्षमा रहेर स्वास्थ्य क्षेत्रको व्यथितिलाई अन्त्य गर्न लागेको बताइन् ।

पहिचान पक्षधरहरुलाई राज्यले गरेको दमन उचित नभएको बताउँदै यसलाई वार्ताबाटै सामाधानको बाटो खोज्न प्रदेश १ लाई घच-घच्याइरहेको पनि बताइन् ।

प्रदर्शनको क्रममा शहीद लाजेहाङ माथि भएको आक्रमण मानवअधिकार विपरीत छ । त्यसको मूल्य यो सरकारले चुकाउनु पर्ने दिन आउँछ । त्यसैले तपाईकै मिडियामार्फत भन्छु, शान्तिपूर्ण प्रदर्शनमा प्रहरी प्रशासनमार्फत गोली चलाउने कार्य बन्द गरियोस् ।

६० प्रतिशतभन्दा बढी आदिवासी जनजाति बसोबास भएको यो भूगोलमा आदिवासीहरुको आवाजलाई सम्बोधन गर्न नसक्नु आफैमा दुःख लाग्दो छ । ठाउँ–ठाउँमा मैले भन्दै हिंडेको छु, संघीय सरकार पहिचानको आन्दोलनलाई टुङ्गोमा पुर्याउ ।

मन्त्री तावाले सडकदेखि सदनसम्म कोशी नाम विरुद्ध आवाज उठिरहँदा राज्य पक्ष चुपलाग्नुले जनमास अझ उर्लिदै गएको बताउँदै यस्तै हो भने जनधनको क्षति सरकारले लिनुपर्ने बताइन् ।
उनले दमकमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइते योद्धाहरुपति स्वास्थ्य लाभको कामना गरिन् ।