काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पत्नी सीता दाहालको निधन भएको छ । काठमाण्डौको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ८ः३३ बजे निधन भएको हो ।अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ ।
उनी लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । यो रोगले मानिसको स्नायु प्रणालीमा असर गर्ने गर्दछ। उक्त समस्याका कार्ण उनी हिँडडुल गर्न सम्म सक्दैनन् पनि थिइन् ।