बिर्तामोड,
बिर्तामोड नगरपालिका वडा नं .५ का वडा सचिब विमल पोखरेल आफ्नो कार्यालय समयमा उपस्थित नभएको तथ्य सहित समय सार्वजनिक गरिएको छ।
११ महिना काम गरिरहँदा ८४ दिन अनुपस्थित भएको पाइएको वडा कार्यालयले जनाएको छ । पोखरेलले ११ महिना काम गरिरहँदा पुरै अनुपस्थित १४ दिन, आवश्यक अभिलेख लिई स्वीकृति बिनाको अनुपस्थिति १५ दिन र पुरै कार्यालय समयावधि नबसेको अनुपस्थित ५५ दिन गरी कूल ८४ दिन अनुपस्थित रहेको पाइएको वडा अध्यक्ष रोहित प्रसाईले बताए ।
वडा सचिव पोखरेलसंग कुनै पनि रिसिबी नभएको र वडा सचिवले समयको पालना नगरेर वडाको दैनिक प्रशासनिक काम कार्वाहीमा असर परेको हुनाले हटाउनु पर्ने बाध्यता भएको स्पष्ट पारे ।
वडा सचिव पोखरेललाई बिर्तामोड नगरपालिकाले कार्वाही गरिसकेपछि आजदेखि उनको ठाउँमा नगरपालिकाका कर्मचारी हेम गौतम खटिएका छन् । वडाध्यक्ष प्रसाईले गत मंगलबारदेखि नगरपालिकाको कार्यालय अगाडी टेवल कुर्सी राखेर धर्ना दिएका थिए उक्त माघको सम्बोधन भए संगै धर्ना सकिएको प्रसाईले जानकारी गराए ।