काठमाडौं ।
तामाङ, मगर समुदायलाई इङ्कित गर्दै एउटै आमा बाट जन्मिएको दाजु बहिनी बिवाह गर्ने जाती भएको विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता भगवती पाण्डे विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
चार दिनअघि तामाङ, मगर समुदायका समूहले दिएको उजुरीको आधारमा अधिवक्ता पाण्डे विरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीले जानकारी दिए ।
जातीय भेदभाव सहित दुईवटा कसुरमा कारबाही गर्न पाण्डे विरुद्ध जाहेरी परेको छ।पाण्डेको खोजी भइरहेको काठमाडौं प्रहरी परिसरका डीएसपी अधिकारीले बताए ।
यसअघि प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् ।