पाचथर जिल्ला याङबरक गाउँ पालिका मा गत असार २ गते गएको प्राकृतिक बिपत्ति पहिरोबाट भएको जिउधनको क्षतीलाई ‘राष्ट्रिय युवा सघ नेपाल केन्द्रिय कमिटी’ को अगुवाइमा ”दुखिको घर युवाको भर” भन्ने मुल नारा सहित जिल्ला कमिटी झापाको पहल र स्थानीय पालिकाको सहयोगमा राहात बितरण कार्य सम्पन्न भएको थियो।
उक्त राहात बितरण कार्यक्रम मा युवा संघ केन्द्रिय कमिटी सदस्य खगेन्द्र राज आङ्देम्बे , सागर पोर्तेल र कमल थपलिया बाट राहात बितरणमा सहजिकरण गर्नु भएको थियो भने प्रदेश कमिटी सदस्य रघु धिमाल को उपस्थिति र झापा जिल्ला सचिवालय सदस्य सुरेन राई र मेरुन योङ्हाङ समेतको उपस्थितिमा झापा जिल्ला अध्यक्ष फुर्बालामाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको युवा संघ केन्द्रीय सदस्य खगेन्द्र राज आङदाम्बेले जानकारी दिए ।
युवा सघले राहात स्वरुप खाधान्न सामग्री १२४ बोरा चामल बितरण गरिएको थियो। राहात प्राप्त गरे पश्चात् पिडितहरुले सरकारको भन्दा युवा सघको भर भएको कुरा ब्याक्त गरेका थिए ।