मेचीनगर झापा। झापाको मेचिनगर १२ मा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न भएको छ।
विचार चौतारी युवा क्लबले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय साहित्यकार तथा संघ-संस्थाका प्रतिनिधिहरुले क्रमश: गजल, मुक्तक, कविता आदि प्रस्तुत गरेका थिए ।

साहित्यकार हरिप्रसाद रिमालको प्रमुख आतिथ्यता रहेकोे कार्यक्रममा सुर्योदय टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रेमराज घिमिरे, सरस्वती बाल कल्याण माध्यमिक विद्यालयका प्रधानाध्यपक शुक्रराज घिमिरे, साहित्यकार प्रदिप संग्रौला, दुर्गा आवासीय विद्यालयका प्रधानाध्यापक भोजबहादुर कार्की लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

संस्थाका अध्यक्ष नेत्रप्रसाद मिश्रको सभापतित्वमा आयोजित कार्यक्रमको स्रुवातमा संयोजक सुनिल चौहानले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने सचिव उमेश खतिवडाले शाब्दिक मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव हरिकृष्ण भण्डारीले गरेका थिए ।


 
                                                                     
                
 
                     
                     
                     
                     
                     
                     
                    