पाँचथर श्रावण २९
स्वर्गीय मनु दुलाल प्रसाई स्मृति अक्षय कोषले फिदिमका दुई वटा विद्यालयमा अध्ययनरत ६ जना छात्र छात्रालाई छात्रबृत्ती उपलव्ध गराएको छ ।
जन सेवा समाज पाँचथरले फिदिम नगरपालिका ११ घर भई फिदिम मावि फिदिममा अध्ययनरत अप्सना जवेगू,नविना जवेगू,विरेन्दरु जवेगू,दिपेन्द्र जवेगू र राजेन्द्र जवेगूलाई ११ हजार ५ सय ९० तथा फिदिम १३ को सिद्वेश्वर माविमा अध्ययनरत बबिना नेम्वाङलाई ५ हजार ५ सय रुपैंया छात्रबृत्ती उपलव्ध गराएको हो ।
मनु टिम्बुरे हत्या काण्डमा मारिएका कुबेर दुलाल र सरस्वती दुलालकी छोरी हुन ।
मनुका पिता कुवेरको परिवारका पाँच जनाको २०५० सालमा एकैसाथ हत्या गरिएको थियो ।
मनु भने घरमा नभएका कारण बाँच्न सफल भएकी थिईन । झापा निवासी नन्दी केशर प्रसाई (नरेश)सँग विवाह वन्धनमा बाँधिएकी उनको २०७३ सालमा अमेरिकामा निधन भएको थियो
उनको स्मृतिमा श्रीमान नन्दी केशर (नरेश प्रसाई) ले २०७६ साल श्रवान २९ गते देखि मनु स्मृति अक्षय कोष स्थापनाकाे लागि दुई लाख गरेका हुन ।साेहि दुई लाखकाे ब्याजले प्रत्येक बर्ष मनुको निधन भएको दिन पार्दै कोषले प्रत्येक वर्षको साउन २९ गते छात्रबृत्ती वितरण गर्ने गरेको छ।
छात्रबृत्ती वितरण कार्यक्रम फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेको प्रमूख आतिथ्यमा सम्पन्न भएको हो ।कार्यक्रममा उप मेयर राधाकृष्ण न्यौपाने र युवा समाजसेवी कमलराज नेम्वाङले मन्तव्य राखेका थिए ।
कार्यक्रम जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो।
अजेन्द्र वाईबा तामाङ