झापामा पन्ध्रसय जनाको संख्यामा पहिचानको लागि युवा गठन हुँदै



बिर्तामोड । प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाले आगामी भाद्र ३० गते बिर्तामोडमा पन्ध्रसय जनाको सङ्ख्या रहने गरि पहिचानको लागि युवा गठन गर्ने निश्चिति भएको जिल्ला संयोजक पाण्डव लाल चौधरीले बताए ।

शनिबार बिर्तामोडको आदर्श बेङ्कुइटमा बसेको संघर्ष समितिको संयुक्त बैठकमा बोल्दै संयोजक चौधरीले उक्त कुरा बताएका हुन् । जिल्लाको १५ वटा स्थानीय पालिकाहरुबाट कम्तीमा दुई सय जनको सङ्ख्यामा युवाहरू तयार भइसकेको पनि चौधरीले जानकारी गराए ।

गत फागुन १७ गते तात्त्कालिन एमालेका हिक्मत कार्की नेतृत्वको सरकारले दुई तिहाई बहुमतका साथ प्रदेश नम्बर १ लाई कोशी प्रदेश नामाङ्कन गरे पस्चात् पहिचानवादिहरुले नामकरण खारेज गरि पहिचानको आधारमा पुनः नामङ्कन गर्नु पर्ने भन्दै चर्को आन्दोलन गर्दै आइरहेको छ भने चैत्र ५ गते बिराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा प्रहरी संगको दोहोरो झडपमा पदम लिम्बु “लाजेहाङ” ले शाहदत समेत प्राप्त गरिसके छन्।