झापा । झापाको कमल गाउँपालिकाका कार्यबाहक अध्यक्ष अशोक लिम्बूले भ्रष्टचार मुद्धा लागेका र भ्रष्टचारीहरुलाई कमल गाउपालिकामा कुनै स्थान नभएको बताएका छन् ।
किर्ते गरि मन्दिरको जग्गा व्यक्तिका नाममा बनाएको, राजश्व छली तथा किर्ते अभियोगमा अदालतले धलौटिमा रिहा गरेको लगायतका विभिन्न अभियोग लागेका अधिकृत मातृका दंगाल कमल गाउँपालिकामा आउने कसैलाई जानकारी नगराई सो समय गाउपालिका अध्यक्ष र कार्यरत अधिकृत अध्यक्ष को भ्रमण मिलानका लागी काठमाडौं मा भएको बेला उपध्यक्षले उक्त भ्रष्टचार अभियोग लागेका कर्मचारीलाई हाजिर गराउन लागेको सुइको पाएपछि, कमल गाउँपालिकाका प्रमुख हुकुमसिङ राई ले कमल गाउँपालिका वडा नम्बर २ का वार्ड अध्यक्ष अशोक लिम्बुलाई कार्यबाहक अध्यक्ष दिएको थियो। अहिले उक्त बिषय को चौतर्फि आलोचना भई रहेकोछ।
आलोचनाको घेराबन्दिमा रहेको वडा अध्यक्ष प्रति कमल गाउँपालिकाका उपाध्यक्षले अदालत सम्म पुगेर असंबैधानिक रहेको र पालिका प्रमुख नभएको खण्डमा उपाध्यक्ष नै कार्यवाहक स्वत हुने प्रवधान रहेको भन्दै अदालत पुगेका थिए । उक्त विषयलाई उच्च अदालत, विराटनगरको इलाम इजलासका न्यायाधीश सोमकान्त मैनालीको एकल इजलासले गाउँपालिका अध्यक्ष राईको १ भदौको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
कमल गाउपालिका प्रमुख कांग्रेस बाट निर्वाचित भएका हुन् भने उपप्रमुख एमाले बाट र दुई नम्बरका वडा अध्यक्ष एकिकृत समाजवादी बाट निवार्चित प्रतिनिधि हुन्।
वडा अध्यक्ष अशोक लिम्बुको प्रभाव कमल गाउँपालिकामा सकरातम र भ्रष्टचार रहित गाउँपालिकाको स्तर उन्नति विकासमा रहेको भुमिका प्रति अहिले भइरहेको आलोचनालाई स्थानिय बासीहरुले पालिका प्रमुख नभए सम्म कार्यबाहक लिम्बुले नै सम्हाल्नु पर्ने बताउछन् । तर अदालतको निर्णय बिपरीत आफु नजाने समेत वडा अध्यक्ष अशोक लिम्बुले दृश्य अनलाइनलाई बताए ।
वडा अध्यक्ष लिम्बुको सर्त भ्रष्टचार मुद्धामा फसेका कर्मचारीहरुले कमल गाउँपालिकाको स्तर उन्नतिमा अस्थिरता कायम गर्ने र विकासका बाधकहरुलाई कमल गाउँपालिकामा कुनै पनि स्थान नरहेको पनि उनले बताए।
अहिले भइरहेको आलोचनाको विषयमा बोल्दै लिम्बुले भने कार्यबाहक अध्यक्ष पालिका उप-प्रमुखलेनै सम्हाल्नुहोस तर भ्रष्टचार मुद्धा लागेका कर्मचारीलाई हाम्रो पालिकामा कुनै स्थान नरहेको समेत जानकारी दिए।