बिर्तामोड । झापाको शिवसताक्षी स्थित ईलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज, प्रहरी निरीक्षक युवराज कटुवाल माथी हाते बन्चरो प्रहार भएको छ।
बुधबार सांझ ६:५० बजे शिवसताक्षि न.पा.९, झरना पुल नजिकै केही व्यक्तिहरु लागु औषध (ब्राउनसुगर) सेवन गरीरहेका छन् भन्ने गोप्य सुचना प्राप्त भएपछि प्रहरी निरीक्षक कटुवालको कमान्डमा सादा पोशाकमा प्रहरी टोली सो स्थान तर्फ जाँदै गर्दा तीन जना सवार मे ४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाहि हिसाबले चलाएकोले रोकेर किन यसरि चलाएको भनी सोधपुछ गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार वर्ष ३६ को अशोक पोखरेलले अचानक लुकाएर ल्याएको हाते बन्चरोले कटुवाल माथि प्रहार गरेका थिए ।
उक्त बन्चरो प्रहारबाट प्रहरी निरीक्षक कटुवालको टाउकोमा २ ठाउ तथा हातको औंलामा चोट लागेको छ भने उनलाई तत्काल स्थानीय मेडिकलमा सामन्य उपचार पश्चात बिर्तामोडको B&C अस्पताल रिफर गरिएको थियो ।
हाल घाइते निरीक्षक कटुवाल खतरामुक्त रहेको जिल्ला प्रहरी प्रवक्ताले बताए । साथै उनको टाउकोमा ८ टाका र हातको औंलामा ३ टाका लगाईएको पनि उनले दृश्य अनलाइन लाई बताए ।
त्यस्तै घटनामा संलग्न अन्य दुईजना शिवसताक्षी ९ बस्ने वर्ष -३२ को विकाश भन्ने अरुण तामाङ र सोहि स्थान बस्ने बर्ष-३३ को लक्ष्मण टुडु सहित तिनै जनालाई बन्चरो र मोटरसाइकल सहित प्रहरीले नियन्त्रण गरि ईलाका प्रहरी कार्यालय झिल्लीलेमा राखिएको पनि प्रवक्ता रिजालले उनले जानकारी गराए ।