पहिचानवादीले युवा संघ अध्यक्ष क्षितिज थेबेमाथि धनकुटामा गरे आक्रमण



नेकपा एमाले निकट भादृसंगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेमाथि धनकुटामा आक्रमण भएको छ। युवा संघको धनकुटा जिल्ला भेला तथा प्रशिक्षणका लागि चौबिसे गाउँपालिका गइरहेका थेबेमाथि ढुंगामुढासहित आक्रमण प्रयास भएको थियो ।

युवा संघका इन्चार्ज महेश बस्नेतका अनुसार थेवेमाथि युवा संघको धनकुटा जिल्ला भेला तथा प्रशिक्षणका लागि चौबीसे गाउँपालिका जाने क्रममा ढुंगामुढा भएको हो।

जसपा नेता आङकाजी शेर्पाको उक्साहटमा नियोजित रुपमा आक्रमण प्रयास भएको भन्दै सरकारले अराजकहरुलाई नियन्त्रण नगरे प्रतिरोधमा उत्रिने चेतावनीसमेत बस्नेतले दिएका छन्।

कोशी प्रदेश खारेजी को माग राख्दै निरन्तर आन्दोलन गर्दै आएका , प्रदेश नम्बर १ पुन नामकरण संघर्ष समितिले थेबेलाई पहिचान बिरोधी र पहिचानबादीलाई आतङ्ककारी को संग्या दिने वंश गद्धार भन्दै धनकुटा जिल्ला चौबिसे मा ०८०/५/६ गते सामूहिक विज्ञप्ति निकालेका थिए।

युवा संघले भने आफूहरुमाथिको आक्रमणलाई युवा संघले भने त्ताको संरक्षणमा भएको नियोजित घटना भन्दै प्रतिरोधमा उत्रिन बाध्य नबनाउन चेतावनी दिदै विज्ञप्ति निकालेको छ।