झापा । गत २०७९ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ को ख बाट प्रत्यक्ष तर्फको उमेद्वार उठेका कमल गाउपालिका वार्ड नम्बर ६ का सुदिप राईले आज एक विज्ञप्ति जारि गर्दै आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्।
उक्त विज्ञप्तिमा उल्लेख भए अनुसार विभिन्न शिर्षक अन्तर्गत राइको कुल खर्च रु १६००० हजार मात्र भएको देखिन्छ । निर्वाचन आयोगको निर्णय अनुरसार २०८० वैशाख १२ गते अगावै खर्च विवरण आयोगमा पेश गरि सार्वजनिक समेत गर्नु पर्नेमा राई ले खर्च विवरण बुझाए पनि सार्वजनिक गर्न छुटेकोले पन्ध्र हजार रुपैया छुट्टै जरिवाना समेत तिर्नु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ।