अपराधीलाई नछोड्ने भन्दै हतियार सहित वडा अध्यक्ष फेसबुकमा



ताप्लेजुङ सिरिजङ्गा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बुद्ध दाहाल शुक्रबार सामाजिक सञ्जालमा हतियारसहित देखा परेका छन् ।

वडाध्यक्ष दाहालको नाम मा रहेको फेसबुक आइडीमा बन्दुक जस्तो देखिने बस्तुसहितको तस्बिर सार्वजनिक गरेका छन । उक्त पोस्टमा अपराधीलाई बाँकी नराख्ने भन्दै एक स्ट्याटस लेखेको छ।

– अपराधी लाई बाकि राख्दिन कुनै बेला अपराधी लाई आगेत नाली मा हुन्छ पाटिको झोले हरुलाई केहि भन्नु छ भने भन्नु

दाहालले हतियार जस्तो देखिने आफ्नो तस्बिर सार्वजनिक गरे पछि बेग्लै तरंग पैदा भएको छ, आफ्नो पदिय मर्यादा बिर्सिएको र जनताले जिताएको प्रतिनिधी बाट नै यस्तो किसिमको अराजकता भए पछि जनताले के बुझ्ने र सिक्ने भन्ने प्रश्न खडा भएको स्थानियबासी बताउछन ।

दाहालको उक्त पोष्टमा इन्दिरा कदारीया लेख्छन् ‘ लाइसेन्स भएकै भएतापनी हातहतियार देखाएर तस्बिर र भिडियो सम्प्रेषण गर्न कानुनी रूपमा पाइँदैन वडाध्यक्ष ज्यु ।

त्यस्तै, ठाकुर प्रसाद दाहालले ‘न्याय दिने ठाउँमा बसेर यसो गर्दा त शोभनिय देखिँदैन।धैर्य भएर जनतासँग रहेर भोलिका दिनहरू उज्ज्वल हुनेछ।आजको स्वतंत्रता वार्ड अध्यक्षलाई देशले नै माग्न सक्छ तर संयम र निडर हुनु नै ठिक हो है नाति।कानुनले के भन्छ विद्यमान कानुले पनि के गरेको छ ? ज़िम्मेदार मानिसले त अलि संयम हुने कि ?’
लगायतका बिभिन्न कमेन्टहरु दाहालको पोष्टमा आएका छ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष लाल कृष्ण चौहानले उक्त फेसबुक एकाउन्ट दाहालकै भएको बताएका छन् । उनले भने ‘ मैले पनि भर्खरै देखे। त्यस्तो तस्बिर राख्न नहुने हो । म सम्झाउँछु पालिका अध्यक्ष को जवाफ छ्।

इलाका प्रहरी कार्यालय तेल्लोकका प्रमुख प्रहरी निरीक्षक अवध किशोर ओझाले सामाजिक सञ्जालमा कसैलेपनि हतियार वा हतियार जस्ता बस्तु देखाएर समाजमा आतङ्क फैलाउन नहुने बताएका छन् । उनले उक्त विषयमा जानकारी लिने समेत बताएका छन् ।

वडाध्यक्ष दाहाल को पोष्ट ले बिवाद सिर्जना गरे पछि , उक्त हतियार सहितको पोष्ट डिलिट गरेका छ तर पनि आम जनताको प्रश्न भने रहि रहने छ। कानुनलाई हातमा लिएर मर्यादित पदको दुरुपयोग गर्दै डर देखाउने जस्ता गतिबिधि नगर्न र आफ्नो मर्यादा के हो नबिर्सन समेत स्थानिय को भनाई छ।