धरान,
नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कोशी प्रदेश अधिवेशन कडा सुरक्षाबिच धरानमा सुरु भएको छ।
अधिवेशन स्थलको प्रबेस गेटमा कोशी प्रदेश लेखेको ब्यानर राखिएको विरोधमा पहिचानवादीहरुले विरोध जनाएपछि , अधिबेसन स्थलमा कडा सुरक्षा घेरा भित्र युवा संघले अधिवेशन सुरु गरेका छन।
धरान ८ स्थित लाङ्घाली वन समूहको सभा हलमा सुरु भएको अधिवेशनमा प्रमुख अतिथि मा एमाले उपाध्यक्ष सुवास नेम्वाङ आएका छन्।
उक्त कार्यक्रम मा कोशी प्रदेस लेखिएको ब्यानर प्रयोग गरि अधिबेसन सुरु गरे पछि पहिचानवादीहरु सयौको हाराहारीमा भेला भएका छन्। उनीहरूले गेटमा कोशी लेखिएको ब्यानर हटाउनु पर्ने माग गरिरहेका छन्।