बिध्यालयमा राजनितिक गतिबिधी नगर्न र सरकारी बिदा बाहेक बन्द नहुने ,कमल गाउपालिका वडा २ को निर्णय



झापा, अश्विन ८
शिक्षाको सन्तुलित विकास विना अन्य क्षेत्रको विकास सम्भव नहुने यथार्थलाई आत्मासात् गर्दै । बिध्यार्थीको शिक्षा मा कुनै पनि असर नहोस भनि कमल गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोक लिम्बु को अध्यक्षता मा बसेको सर्वदलिय ,सर्वपक्षिय बैठकले बिध्यालयको शान्ति र शैक्षिक क्षेत्रमा राजनितिक गतिबिधी र सरकारी बिदा बाहेक बिध्यालय बन्द नगर्ने निर्णय गरेका छन।

बिध्यार्थीको भविष्य र अनुकुलको शिक्षा निर्माण का लागी कमल गाउँपालिका वडा न २ मा शैक्षिक क्षेत्रमा प्रभावकारी कार्यान्वयन गर्न। आउदो दिनहरुमा सरकारी बिदा बाहेक अन्य दिन बिध्यालय बन्द नगर्न र बिध्यालयमा राजनितिक संगठन नबनाउने निर्णय भएको छ।

सम्पूर्ण राजनैतिक दल , टोल बिकास समिति, बिध्यालय ब्यावस्थापन समिति र सरोकारवालहरु को सर्वदलिय र सर्वपक्षिय उपस्थिति बाट उक्त निर्णय भएको हो ।

शिक्षाको विकासमा सम्पुर्ण दल , संघ संस्थाहरुको हातेमालो ले कमल गाउँपालिका वडा नम्बर २ मा असल परम्पराको अभ्यास भएको वडा अध्यक्ष अशोक लिम्बुले दृश्य अनलाईन खबर लाई बताउनु भयो ।