जसपाको किरात राष्ट्रिय समिति पुनर्गठन: अध्यक्षमा रमेश राई



धरान । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को किरात राष्ट्रिय समिति पुनर्गठन भएको छ । आइतबार पार्टीको धरान उपमहानगर समितिकोे कार्यालयमा सम्पन्न किरात राष्ट्रिय समिति रुपान्तरण कार्यक्रमबाट रमेश राईको अध्यक्षतामा ३४ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षहरुमा गणेश राई, मानभगत चाम्लिङ, बिना राई र मुख्यसचिव प्रशन्न राई निर्वाचित भएका छ्न्। त्यस्तै सचिवहरुमा गोपाल राई, महेन्द्र राई, नेत्रबहादुर नेम्बाङ र कोषाध्यक्षमा जंगमान राई रहेका छन् ।

केही महिना अघि मात्र महाधिवेशन गरि निर्माण गरेको जसपाको विधानले संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ र ओखलढुङ्गा जिल्लाहरुको किरात राष्ट्रिय समिति हुने भनेको छ । जसपाको विधान बमोजिम राष्ट्रिय समिति ३९ सदस्यीय सम्मको बनाउन सकिने प्रावधान छ ।