खोटाङ, ९ असोज
गोरु काटेर सामुहिक भोज खाएको आरोपमा जिल्ला प्रहरी कार्यालय खोटाङले चार जनालाई पक्राउ गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा सोमबार दिउँसो गोरु काटेर सामुहिक भोज खाएको आरोपमा २१ वर्षीय डिकमान तामाङ, ४० वर्षीय तेजबहादुर तामाङ ३५ वर्षीय गोपाल तामाङ र रावाबेँसी गाउँपालिका–६ का २७ वर्षीय बादल गुरुङलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो।
गोरु काटेर सामुहिक भोज खाएको भिडियो केहि दिन यता धरान, झापा, मोरङ हुदै खोटाङ सम्म पुग्दा सामाजिक सन्जालमा निक्कै तरगं पैदा भएको थियो। उक्त गोरु काटेर सामुहिक भोज खाएको आरोपमा गुरुङसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भए रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टीकाराज बरालले जानकारी दिनुभयो ।