झापा।
अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित तिन जना पक्राउ परेका छन् ।
मंगलबार राति ९ः३० बजे अर्जुनधारा नगरपालिका वडा नम्बर ११ स्थित नयाँ बसपार्कमा कोठा भाडा लिई बस्ने भारतिय नागरिक ब्राउन सुगर सहित पक्राउ परेको हुन।
भारत बिहार राज्य बस्ने बर्ष १९ का प्रियन्सुकुमार मण्डल, अन्दाजी १९ वर्षका साहिल सेख र मोहमद काजिम आलम पक्राउ परेका हुन् ।
अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्क का इन्चार्ज असाई खड्क गौतम सहित खटिएको प्रहरी टोलिलाई आएको गोप्य सूचनाको आधारमा निज ब्याक्त्तिहरुलाई चेकजाँच गर्दा उनीहरुले बोक्ने कालो ब्याग भित्र लुकाई राखेको अवस्थामा १४ ग्राम ३२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।