ओखलढुंगा । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ओखलढुंगा जिल्ला कार्यसमितिको पुनर्गठन सम्पन्न भएको छ।
जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजित रुपान्तरण कार्यक्रम मार्फत खेमराज खड्काको अध्यक्षतामा ३१ सदस्यीय समिति पुनर्गठन भएको हो ।
प्रदेश अध्यक्ष दिपक याक्खाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम बाट निर्माण भएको समितिको उपाध्यक्षमा प्रकाश तामाङ, सचीवमा पासाङ निमा शेर्पा, उपसचिवमा, चमर राई र निर्मल सुनुवार, कोष अध्यक्षमा स्विटी शाह र ५ जना कार्यकारी सदस्य संगै अन्य सदस्यहरु निर्वाचित भाएका छ्न् ।
नवगठित समितिलाई किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए त्यस्तै कार्यक्रमको अध्यक्षता खेमराज खड्काले गरेका थिए भने सचीव पासाङ निमा शेर्पाले कार्यक्रम सन्चालन गरेका थिए