मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राष्ट्रीय युवा संघ ले मंसिर ७ गते गर्न लागेको कार्यक्रम बेग्लाबेग्लै स्थानमा गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रसाईंलाई प्रदर्शन गर्न बल्खु चोकलाई तोकिदिएको हो भने युवा संघ नेपालले भने तीनकुनेमा प्रदर्शन गर्ने भएको छ।
मंसिर ७ गते राष्ट्रिय युवा संघ र प्रसाईं को प्रदर्शन स्थल जुधेकाले प्रशासनले प्रसाईंलाई बल्खु चोक उपलब्ध गराएको हो।