डिपो स्कुलको आयोजनामा शुक्रवार देखि सुरु भएको १८ औ ललित अम्वर डिपो कपको उद्धघाटन खेलमा हिमशिखर स्कुल तरहरा विजयी भएको छ ।
अत्यन्त्य प्रतिश्पर्धात्मक भएको खेलमा हिमशिखरले आयोजक डिपो स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै अगाडि वढेको छ । खेलमा पहिलो हाफको १८ औ मिनटमा हिमशिखरका मन्जिल श्रेष्ले गोल गर्दै टिमलाई अग्रता दिलाए। निर्धारित समय सम्म दुवै तर्फ गोल हुन नसके पछि श्रेष्ठको गोल नै निर्धारित वने ।
खेलको म्यान अफ द म्याच डिपो स्कुलका स्पन्दन राई घोषित भए । उनले ट्रफि र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताका विजेताले नगद ११ हजार १ सय ११ रुपैया, उपविजेताले ७ हजार १ सय ११ र तेस्रो हुनेले ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि प्रतियोगिताको उत्कुष्ट खेलाडि, हाइस्कोरर र प्रत्येक खेलका म्यान अफ द म्याचले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
सुनसरी जिल्ला स्तरिय प्रतियोगिताको १८ औ संस्करणमा धरानका १२ र धरान वाहिरका ४ विद्यालयले सहभागिता जनाएको छ । सहभागि विद्यालयहरुमा धरान वाट आयोजक डिपो, काम्रेल स्कुल, नेपाल पुलिस, एक्वा सेकेन्डरि, माउन्ट हर्मन, दिल्ली पव्लिक, विष्णु मेमोरियल, देउरालि चिल्डे्रन, हिविकस, मेरिल्याण्ड, प्रभात र समिट स्कुलले सहभागिता जनाएको छ । यसैगरि धरान वाहिर वाट हिमशिखर तरहरा, मर्निङ्ग स्टार भरौल, वराह राइजिङ्ग स्टार र लर्ड वुद्ध स्कुल रामधुनि वाट सहभागिता जनाएका छन ।
२२ गते सम्म संपन्न हुने डिपो कपको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि एन्फा कोशि प्रदेश अध्यक्ष किशोर राईले पानसमा द्धिप प्रज्वलन गरेर गरेका थिए । राईले रेफ्रिलाई वल हस्तान्तरण गरेपछि उद्धघाटन खेल सुरु भएको थियो । डिपो स्कुल व्यवस्थापन समितिका सदस्य दिपवहादुर राईको अध्यक्षतामा उद्धघाटन कार्यक्रम संपन्न भएको थियो ।
डिपो कपको पहिलो चरणमा पराजित टिमले दिल वहादुर प्लेट च्याम्पियन प्रतियोगिता खेल्नेछ । प्रतियोगिताको सम्पुर्ण खेल डिपो स्कुलको खेल मैदानमा संपन्न हुनेछ ।