धरानमा प्रथम एन्फा प्रेसिडेन्ट कप हुदै
धरानमा हुने प्रथम एन्फा प्रेसिडेन्ट कप अन्डर–१५ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
कोशी प्रदेश फुटबल संघको आयोजनामा आउदो मंसिर २७ गतेदेखी प्रतियोगिता सुरु गर्ने भएकाले तयारी पनि अन्तिम चरणमा पुगेको छ । प्रतियिगिताको फाइनल खेल आगामी पौष ६ गते हुने आयोजक संघले जनाएको छ ।
धरान १७ स्थित एन्फा एकाडेमीको खेल मैदानमा हुने प्रतियोगितामा कोशी प्रदेशभरीका १० टिमको सहभागिता रहने आयोजक कोशी प्रदेश फुटवल संघका अध्यक्ष किशोर राईले बताए
धरानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले भन्नु भयो, ‘कोशी प्रदेश फुटबल संघले सुरु गरेको प्रथम प्रेसिडेन्ट कप यु–१५ फुटबल प्रतियोगितालाई भविष्यको वल्र्ड कपको तयारीका रुपमा अघि सारेका छौं । हामीले भन्नै पर्ने भो कि अहिले देखि नै तयारी नगरे कहिले वल्र्डकपमा पुग्ने त ?’
उनले पछिल्लो समयमा कोशी प्रदेशमा संघको वर्तमान कार्यसमिति आइसकेपछि ४ वटा खेलकुदका गतिविधि गर्दा अन्य प्रदेश र जिल्लामा फुटबलका गतिविधि शून्य रहेको बताए । उनले वल्र्ड कपको तयारी अहिलेका १५ वर्ष उमेर समुहका खेलाडीबाट सुरु गर्ने उदेश्यले पहिलो पटक धरानबाट प्रथम एन्फा प्रेसिडेन्ट कप फुटवल प्रतियोगिताको आयोजनाका लागि जुटेको बताए ।
प्रतियोगिता संचालन गर्नुको उदेश्यबारे जानकारी दिदै उनंले यु–१५ प्रेसिडेन्ट कप हेर्दा सानो र बजेट पनि थोरै भए पनि यसको उद्देश्य ठूलो भएको बताए ।
उनले भने, ‘अहिले हामीलाई के एडभान्टेज छ भने सन २०२६ हुने वल्र्डकपमा एसियाबाट आठ वटा टिमले खेल्न पाउँदैछ । हामीले पनि त्यसको आधार किन तयार नगर्ने ? यो दस वर्षको अन्तरालमा क्रिकेटका लागि आइसीसीले एकै दिन पनि ग्याप राखेन । त्यसो हुनाले क्रिकेटले प्रगति गरेर देखायो ।’
उनंले नेपाली फुटबलको विकास गर्नकालागि निरन्तररुपमा खेलाडी उत्पादन गर्दै नेश्नल टिमलाई बाह्रमास नै ट्रेनिङमा राख्नुपर्ने र क्लोजक्याम्पमा राखेर विभिन्न लिगहरु संचालन गर्न जरुरी रहेको बताए ।
संघले संचालन गर्ने प्रतियोगितामा धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, न्यु स्टार फुटबल क्लब वराहक्षेत्र, मोरङको उर्लाबारी नगरपालिका, मिल्स भेट्रान क्लब, विराट ट्रेनिङ सेन्टर, झापाको ध्रुवतारा स्पोर्टिङ क्लब, झापा नेशनल एकेडेमी र उदयपुरको गाईघाट फुटबल क्लबले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको उपाधी बिजेताले नगद ५० हजार रुपैयासहित ट्रफी हात पार्ने छ भने उपविजेताले नगद २५ हजार रुपैया प्राप्त गर्ने छ । यसैगरी विभिन्न विद्यामा समेत पुरस्कृत गरिने आयोजकको भनाई छ । 
स्वर्णिम राई


 
                                                                     
                
 
                     
                     
                     
                     
                     
                     
                    