नेकपा एमालेको अध्यक्ष तथा पूर्व प्रधानमन्त्र केपी ओली झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प अभियानअन्तर्गत् तेह्रथुमको वसन्तपुर आइपुगेका छन् ।
अध्यक्ष ओलीलाई तेह्रथुमे जनताको तर्फबाट तेह्रथुमे ढाकाको मौलिक पहिरन लगाइदिएर स्वागत गरिएको छ । ओलीको सम्मानमा लिम्बू जातिको पवित्र प्रतीक सिलाम साक्मा लगाइदिइएको छ ।
मङ्सिर १४ देखि सुरुआत भएको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प अभियानअन्तर्गत् धनकुटाको हिले बजार पुगेका एमाले अध्यक्ष ओली वसन्तपुर आइपुग्दा पहाडी तथा तराईका जिल्लाबाट वसन्तपुर आइपुगेका जनसागरले स्वागत गरेको थियो ।
आज समृद्धिका लागि सङ्कल्प यात्राको पन्ध्रौं दिन तेह्रथुमको वसन्तपुरमा आयोजना हुने जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्दैछन् ।