पक्राउ परेका पाँच पहीचानवादी रिहा




शनिवार धरानको भानुचोकबाट पक्राउ गरीएको पाँच जना पहिचानवादी रिहा भएका छन्। प्रदेश नं १ पुनः नामाङ्कन खारेजीको माग गर्दै सवारी साधन बन्द गराउँदै हिँडेका उनीहरूलाई बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ गरीे उनिहरुलाई धरानको इलाका प्रहरी कार्यालयको हिरासतमा राखीएको थियो । पक्राउ परेका करुण राइ , सिताराम राई सुमन चेम्जोङ,सम्भु राई पृथक, र हरि बान्तावालाई प्रहरीले विनासर्तमा शनिबार साँझ रिहा गरेको हो।
सडकमा अराजक तरीकाले गतिविधि देखाइएकोले उनीहरुलाई पक्राउ गरीएको ईलाका प्रहरी कार्यलयका डीएसपी नवराज मल्लले बताए।