लिम्बु सांस्कृतिक परिषद्को केन्द्रीय कार्य समिति चयन



स्वर्णिम राई

धरान: किरात याक्थुङ चुम्लुङ सम्बद्ध संस्कृति सम्बन्धि स्वायत्त सङ्गठन लिम्बु सांस्कृतिक परिषद्को केन्द्रीय कार्य समिति चयन भएको छ ।

पदिषद्को बुधबार सम्पन्न चौथो महाधिवेशनले चलचित्रकर्मी तथा सांस्कृतिक अभियानकर्मी सागर केरुङको अध्यक्षतामा १५ सदस्यि केन्द्रीय कार्यसमिति चयन गरेको हो । केरुङ यसअघि कार्यसमितिमा उपाध्यक्ष थिए ।

त्यस्तै कार्यसमितिको उपाध्यक्षद्वयमा भवानी विक्रम सम्बाहाम्फे, कुमार हुक्पा चोङवाङ, महासचिव कञ्चन थलङ र कोषाध्यक्षमा उदय बेघा सर्वसम्मत चयन भएका छन् । भने सदस्यहरूमा दिलु सुब्बा, चइनध्वोज फोम्वो, डीआर हाङ्सरुम्बा, बबिन आङ्देम्बे, बौधमान हुक्पाचोङवाङ र डिक बहादुर थोक्लेन चयन भएको महासचिव कञ्चन थलङले जानकारी दिए ।
केही पदाधिकारी र सदस्यहरु विधान बमोजिम कार्यसमितिको बैठकले मनोनीत गरिने बताइएको छ ।

बुधबार धरान-१५ स्थित चुम्लुङ भवनमा सम्पन्न महाधिवेशनको उद्घाटन किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले गरेका थिए । परिषद्का निवर्तमान अध्यक्ष गोविन्द आङबुङको सभापतित्वमा अधिवेसन सम्पन्न भएको थियो ।