कियाचु लिम्बु साँस्कृतिक परिषद् झापाको अध्यक्षमा लोवा



बिर्तामोड । किरात याक्थुङ चुम्लुङ, लिम्बू साँस्कृतिक परिषद झापाको अध्यक्षमा सर्ण लोवा निर्वाचित भएका छन् ।

कियाचु लिम्बू साँस्कृतिक परिषद संघीय अध्यक्ष सागर केरुङको प्रमुख आतिथ्यतामा आइतबार झापाको विर्तामोड स्थित चुम्लुङ्हिममा सम्पन्न कियाचु लिम्बू साँस्कृतिक परिषद झापाको प्रथम जिल्ला अधिवेशनबाट लोवाको अध्यक्षतामा बीस सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

उपाध्यक्षमा गंगादेवी कन्दङ्वा, सचिवमा चन्द्र सम्बाहाङ्फे, सह-सचिवमा रिपना लिम्बू, कोषाध्यक्षमा चन्द्रकला सांवा रहेका छन् ।

यसैगरि सदस्यमा दुर्गादेवि इङ्नाम, संगीत आङ्खेवा, सुरेश काङ्भा, मिना नेम्बाङ,आकाश लाओती, रामकुमार सम्बाहाङ्फे, दुरेश योङ्हाङ, अमृत मादेन, रिया कन्दङ्वा, अप्सरा बोखिम, बालकुमारी लक्सम, चोत्लुङ्हाङ केदेम, दिलमाया पङ्धाक, पारस सांवा र धनराज यक्सो निर्वाचित भएका छन् ।

यस्तै सल्लाहकारमा खेलराज योङ्हाङ, चन्द्र थेबे, बबिता फोम्बो र देशकुमारी पङ्धाक रहेका छन । कार्यक्रमका प्रमुख अतिथि कियाचु लिम्बू साँस्कृतिक परिषद संघीय अध्यक्ष सागर केरुङ, किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति झापाका अध्यक्ष सेसेहाङ फियाक लगायत अन्य अतिथिहरु समेतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा लिम्बू साँस्कृतिक परिषद संघीय सदस्य बबीन आङदेम्बे, गुमानसिं सङबाङफे लगायतको उपस्थिति रहेको थियो ।

सर्ण लोवाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन किरात याक्थुङ चुम्लुङ बिर्तामोड नगर शाखा सचिव सन्तोष बेघाले गरेका थिए ।